नेपालकै पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री कर्कीले आन्दोलनमा मारिएकाहरूलाई शहीद घोषणा गरेर क्षतिपूर्तिको व्यवस्था गर्ने बताउनुभयो । मृतकका परिवारलाई दश–दश लाख क्षतिपूर्ति दिने उहाँको भनाइ छ ।

जेनजी आन्दोलका कारण तत्कालीन सरकार अपदस्थ भएपछि शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी प्रधानमन्त्री कार्कीले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले जेन जी आन्दोलनमा घाइतेहरूको निःशुल्क उपचार गर्न निर्देशन दिनुभएको छ । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले अस्पतालमा उपचाररत घाइतेहरूको निः शुल्क उपचार गर्न निर्देशन दिनुभएको हो ।

By admin